काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् र हंसराज हुलासचन्द एन्डको एक सम्झौता भएको छ ।
एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा ‘कर्पोरेट पेरोल एसआईपी’ लगानी गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् तथा हंसराज हुलासचन्द एन्डको कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्डको तर्फबाट कम्पनिका सहायक महाप्रबन्धक– एच.आर. नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् का तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना हस्ताक्षर गरेका छन् ।