कुलमानद्वारा ‘फोन पे’ अभियानका विजेता पुरस्कृत

<p>काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ अभियानका विजेतालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशनक कुलमान घिसिङले पुरस्कृत गरेका छन् । फोन पेले सुरु गरेको ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ अभियान अन्तर्गतका विजेता अनुप सिकर्मी घिसिङबाट पुरस्कृत भएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यलयमा गत बिहीबार पुरस्कार वितरण कार्यक्रम गरिएको थियो [&hellip;]</p>

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ अभियानका विजेतालाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशनक कुलमान घिसिङले पुरस्कृत गरेका छन् । फोन पेले सुरु गरेको ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ अभियान अन्तर्गतका विजेता अनुप सिकर्मी घिसिङबाट पुरस्कृत भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको कार्यलयमा गत बिहीबार पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । उक्त अभियान गत जेठ महिनाभर लागू गरिएको थियो । उक्त योजनाप्रति ग्राहकको राम्रो आकर्षण देखिएको कम्पनीको भनाइ छ।

उक्त योजनामा सहभागी हुन ग्राहकले तोकिएको अवधिभर, बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोन पेको बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने शर्त राखिएको थियो ।

Share News