काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनको लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
अब साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरुले मात्रै कम्पनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीका् १ः१ को अनुपात अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयर हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।