सेयर बजार २८.५९ अङ्कले घट्यो

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अङ्कले घटको छ ।

बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ ।

त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावरको सेयर मूल्य चार दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

Share News