आईएमई लाइफका अभिकर्तालाई स्वास्थ्यसम्बन्धी अभिमुखीकरण

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैठौं बाषिकोत्सवको अवसरमा तीन सयभन्दा बढी अभिकर्तालाई सहभागी गराएर स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । वेविनारमार्फत अभिकर्तालाई जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आरुष लाइफस्टाइल अस्पतालसँगको समन्वयमा कार्यक्रम आयोजना भएको कम्पनीले बताएको छ । आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैठौं बाषिकोत्सवको अवसरमा तीन सयभन्दा बढी अभिकर्तालाई सहभागी गराएर स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

वेविनारमार्फत अभिकर्तालाई जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आरुष लाइफस्टाइल अस्पतालसँगको समन्वयमा कार्यक्रम आयोजना भएको कम्पनीले बताएको छ ।

आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनको लागि अपनाउनुपर्ने सन्तुलित भोजन, सक्रिय जीवनशैली, तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा बताएका थिए ।

Share News