मर्जर बिनै अब्बल बन्दै सिटिजन्स र माछापुच्छ्रे बैंक, कुन सूचकमा कुन बलियो ?

<p>काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरु गत वर्ष २०७९/८० को हिसाब मिलानमा व्यस्त छन् । गत आर्थिक वर्षका वित्तीय उपलब्धिहरुलाई एकत्रित गरेर बैंकहरु सार्वजनिक गर्ने लहर सुरु भइसकेको छ । । वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पछिल्ला हरेक वर्षलाई नियाल्ने [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरु गत वर्ष २०७९/८० को हिसाब मिलानमा व्यस्त छन् । गत आर्थिक वर्षका वित्तीय उपलब्धिहरुलाई एकत्रित गरेर बैंकहरु सार्वजनिक गर्ने लहर सुरु भइसकेको छ । । वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पछिल्ला हरेक वर्षलाई नियाल्ने हो भने सिटिजन्स र माछापुच्छ्रे बैंकले नै सुरुमा वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

गत वर्ष बैंकिङ्ग क्षेत्रका लागि खासै उत्साहजनक रहेन । तरलता अभावदेखि आन्दोलनकाे सामना बैंकहरुले गरे । तेस्रो त्रैमाससम्म बैंकिङ्ग क्षेत्र चुनौतीपूर्ण रहे पनि बैशाखयता भने राम्रो गरेको देखिन्छ । साथै, उच्च ब्याजदर निरन्तर ओरालो लाग्दै गएपछि बैंकहरुलाई केही सहज भएको देखिन्छ ।

यस्तै, पछिल्लो समय बैंकको संख्या धेरै भएको भन्दै मर्जरको माध्यमबाट घटाइँदैछ । गत वर्ष एक दर्जन बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा सामेल भए । मर्जर तथा एक्विजिशन भएर वाणिज्य बैंकको संख्या २० वटामा झरेको छ । तर, केही बैंकहरु मर्जरबिना नै आफूलाई बैंकिङ्ग क्षेत्रमा अब्बल बनाइरहेका छन् । जसमध्ये सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले मर्जर बिना नै प्रतिस्पर्धा गरिरहेका छन् ।

वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्ने र दशैं अगावै वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको दुवै बैंकले बताएका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी दुवै बैंकका अधिकांश सूचकहरू बलिया छन् । बिग मर्जर  बिनै र थोरै पूँजी भएर पनि यी दुइ बैंकले सेयरधनीहरुलाई उच्च लाभांश दिने दावी व्यवस्थापकहरुकाे छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्षमा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो ।

यस्तै, माछापुच्छ्रे बैंकले गत वष खुद नाफा ९.७५ प्रतिशत बढाएर १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत वर्षको नाफाबाट सिटिजन्स बैंकले ७.३० प्रतिशत र माछापुच्छ्रे बैंकले १५.२९ प्रतिशत लाभांश दिने क्षमता राख्छ । गत असारसम्म सिटिजन्स बैंकको वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख ७६ हजार रुपैयाँ छ भने माछापुच्छ्रे बैंकको १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ छ ।

चुक्ता पूँजीका आधारमा माछापुच्छ्रे बैंकभन्दा सिटिजन्स बैंकभन्दा अगाडि छ । सिजिन्सको १४ अर्ब २० करोड रुपैयाँ छ भने माछापुच्छ्रेको १० अर्ब २ करोड रुपैयाँ छ ।

यस्तै, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानीमा पनि सिटिजन्स बैंक नै अगाडि छ । सिटिजन्स बैंकको जगेडा कोष ६ अर्ब ७४ करोड रुपैयाँ, निक्षेप संकलन १०.५० प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ८४ करोड २१ लाख रुपैयाँ र कर्जा प्रवाह ६.९० प्रतिशत बढेर १ खर्ब ४० अर्ब ४० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, माछापुच्छ्रे बैंकको जगेडा कोष ४३.४२ प्रतिशत बढेर ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, निक्षेप संकलन ६.३१ प्रतिशत बढेर १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख रुपैयाँ र कर्जा लगानी १.६४ प्रतिशत घटेर १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ छ ।

Share News