आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार

<p>काठमाडौं । बिहीबार दुई कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहित ४ करोड ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर सूचीकृत भएको हो । बिहीबार नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि दुबै कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ । नेप्से र [&hellip;]</p>

काठमाडौं । बिहीबार दुई कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहित ४ करोड ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर सूचीकृत भएको हो ।

बिहीबार नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि दुबै कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ । नेप्से र सम्बन्धीत कम्पनीबीच सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिनदेखि स्टक एक्सचेञ्जमा कारोबार खुल्ने व्यवस्था रहेको छ ।

आइएमई लाइफको कुल ४ करोड कित्ता र नेपाल रिपब्लिक मिडियाको कुल ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आइएमई लाइफले सर्वसाधारणलाई जारी गरेको एक करोड २० लाख कित्ता र संस्थापकहरुले लगानी गरेको दुई करोड ७० लाख कित्ता सहित कुल चार करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा बिक्री गरेको ४३ लाख ५३ हजार कित्ता आईपीओ र संस्थापकहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरी कुल ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले आइएमई लाइफ इन्स्योरेन्सको सेयर कारोबारका लागि स्टक सिम्बोल ‘आइएलआई’ र नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर कारोबारका लागि स्टक सिम्बोल ‘एनआरएम’ दिएको छ । यहि कारोबार संकेतमा दुबै कम्पनीको कारोबार हुनेछ ।

Share News