
काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकले होटल ठमेल पार्कमा छुट पाउने भएका छन् ।
फाइनान्स र होटलले शुक्रबार छुट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तान गर्दा २० प्रतिशतसम्म छुट पाउने बताइएको छ ।
उक्त होटलमा समृद्धि फाइनान्सका ग्राहकले स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।