सेयर बजारमा वित्तीय विवरणको प्रभाव, दोहोरो अंकले घट्यो

<p>काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरवाट आएको छ । आइतबार नेप्से ३८.३७ अंक घटेर २०५१.४७ अंकमा बन्द भएको छ । कारोबार खुलेको केही समयपछि बजार ओरालो लागेको हो । आज दिनभरिमा २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर ६१ हजार ९१७ पटक खरिद बिक्री हुँदा २ अर्ब [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरवाट आएको छ । आइतबार नेप्से ३८.३७ अंक घटेर २०५१.४७ अंकमा बन्द भएको छ । कारोबार खुलेको केही समयपछि बजार ओरालो लागेको हो ।

आज दिनभरिमा २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर ६१ हजार ९१७ पटक खरिद बिक्री हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार सबै समूहमा राताम्य छाएको छ । आइतबार होटल तथा पर्यटन समूह ३.५९ प्रतिशत, फाइनान्स समूह ३.४३ प्रतिशत, विकास बैंक समूह २.५० प्रतिशत, ब्यापार समूह २.३५ प्रतिशत, जीवन बीमा समूह २.०९ प्रतिशत र निर्जीवन बीमा समूह २.०५ प्रतिशत घटेको छ । अन्य समूह भने २ प्रतिशतभन्दा कम घटेका छन् ।

आइतबार बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको गत वर्षको चौथौं त्रैमाससम्मको वित्तीय विवरणमा लाभांश क्षमता घटेको र खराब कर्जा बढेपछि नकारात्मक प्रभाव परेको लगानीकर्ताहरु बताउँछन् ।

सेयर बजारमा राताम्य छाएपनि आइतबारदेखि कारोबारमा आएका आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइएमईको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ५८२.४० रुपैयाँ र रिपब्लिकाको ९.९८ प्रतिशत बढेर २७५.४० रुपैयाँ पुगेको छ ।

यस्तै, सानिमा बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको सेयर १२ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एभरेष्ट बैंकको १२ करोड २१ लाख २४ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ११ करोड १२ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share News