
काठमाडौं । एग्रो थाई फुड प्रालिले उत्पादन गरेको इनर्जी ड्रिङ्क्स म्याक्स टाइगर ‘लक्की ड्र’को विजेताहरुलाई उपहार प्रदान गरिएको छ ।
म्याक्स टाइगर उपहार योजनामा व्यवसायीले भरेको कुपरको आधारमा ‘लक्की ड्र’ कार्यक्रम आयोजना गरिएको थियो ।
कम्पनीले केही समयअगाडि ‘म्याक्स टाइगर लक्की ड्र’ उपहार योजना ल्याएको थियो । उपहार योजनामा देशभरिबाट १२ हजार व्यवसायीले कुपन भरेको कम्पनीले बताएको छ ।
‘म्याक्स टाइगर लक्की ड्र’ मा काठमाडौंको आरुबारीस्थित अमित स्टोर (कुपन नम्बर ३४०५१ )ले मारुती भ्यान जितेको छ ।
त्यसैगरी, कार्यक्रममा १० जनालाई माउन्टेन बाइक (साइकल), ५ जनालाई मोबाइल, ३ जनलाई टिभी र २ जनालाई होन्डा युनिकोन बाइक परेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोंगबुको बिगमार्ट, बनेपाको आरबीके स्टोर, गौरको प्रकाश स्टोर, हिलेको गणेश टे«डर्स, कुपन नम्बर ४२८९५, तुलसीपुरको सुमन एन्ड सुदन स्टोर, शान्तिनगरको कल्पना इण्टरप्राइजेज, कुपन नम्बर ४८०३८, गोलढुंगाको प्रशन्न प्राप्ती र कुपन नम्बर ३७७८० ले माउन्टेन बाइक जितेको कम्पनीले बताएको छ ।
त्यसैगरी, स्मार्ट मोबाइल पाउनेहरू आयुसा (कोहलपुर), कुपन नम्बर ४३९६, कुपन नम्बर ३७८११, कुपन नम्बर ४८२५१, कुपन नम्बर ३७४६५ रहेको कम्पनीले बताएको छ ।
उपहार योजनामा श्रेष्ठ स्टोर, कुपन नम्बर ४११५४ र धादिङका हरि भट्ट (कुपन नम्बर ३४४६९)ले ४० इन्चको टिभी जितेको कम्पनीले बताएको छ ।
त्यसैगरी, ७५ इन्चको टिभी ४८१८३ कुपन नम्बरलाई परेको छ । कुपन नम्बर ३२०३४ र ३७७८४ ले होन्डा युनिकर्न बाइक जितेको बताइएको छ ।
एग्रो थाई फुडले उत्पादन गरेका म्यास टाइगरसँगै टाइगर सार्क, टोनिक वाटर, जीरा कोला, सोडा, एप्पल एक्स, ओआरएस स्पोर्टलगायत १८ भन्दाबढी ब्राण्डका पेय पदार्थहरु नेपाली बजारमा बिक्री भइरहेका छन् ।
यी उत्पादनहरूले नेपालको ६० प्रतिशतभन्दा बढी बजार ओगटेको कम्पनीको दावी छ ।