हिमालयन ब्रोक्रेजबाट हुने सेयर कारोबारको भुक्तानी इ–सेवाबाटै हुने

<p>काठमाडौं । हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इ–सेवामार्फत गर्न सकिने भएको छ । त्यसैगरी, हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क पनि इ–सेवामार्फत तिर्न सकिने कम्पनीले बताएको छ । लगानीकर्ताहरुलाई हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ । यस्तो अनलाइन [&hellip;]</p>

काठमाडौं । हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इ–सेवामार्फत गर्न सकिने भएको छ ।

त्यसैगरी, हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क पनि इ–सेवामार्फत तिर्न सकिने कम्पनीले बताएको छ ।

लगानीकर्ताहरुलाई हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ ।

यस्तो अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र हिमालयन ब्रोक्रेजका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् ।

इ–सेवा एप्लिकेशन एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले प्रयोग गरिरहेको उक्त कम्पनीले बताएको छ ।

देशभर रहेका दुईलाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढि जनसंख्याले इ–सेवामार्फत डिजिटल कारोबारको सेवा लिइरहेको कम्पनीले बताएको छ ।

Share News