हिमाल दोलखा हाईड्रोको १५ लाख ७७ हजार कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले आज साउन २२ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरको छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले गत जेठ २२ गतेदेखि असार १५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १५ लाख ७७ हजार [&hellip;]</p>

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले आज साउन २२ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरको छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो ।

कम्पनीले गत जेठ २२ गतेदेखि असार १५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको बिक्री नभएको १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर लिलामीमार्फत् बिक्री गर्ने भएको हो ।

कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले साउन २९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

कम्पनीको सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, लक्ष्मी सनराइज बैंकका विरानगर, बिर्तामोड, विरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, वाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, घोराही दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News