आइपिओ ल्याउने तयारीमा सागर डिष्टिलरी, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

<p>काठमाडौं । सागर डिष्टिलरीले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सागर डिष्टिलरी जारी पूँजीको १५ प्रतिशतले हुने सात करोड ५० लाख रूपैयाँ [&hellip;]</p>

काठमाडौं । सागर डिष्टिलरीले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सागर डिष्टिलरी जारी पूँजीको १५ प्रतिशतले हुने सात करोड ५० लाख रूपैयाँ बराबरको सात लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको तयारी थालेको छ ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्ने अध्यक्ष सन्दिप जलानले बताए ।

सागर डिष्टिलरी लिमिटेड २०६९ सालमा स्थापना भएको थियो । उक्त कम्पनीको फ्याक्ट्री नवलपुरमा रहेको छ ।

खासगरी सागर डिष्टिलरीले रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्डका मदिरा बजारमा विक्री गरिरहेको छ ।

Share News