नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू [फोटो फिचर]

<p>काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा रेस्क्यू टनेल ब्रेक–थ्रू भएको हो । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आजबाट सकिएको छ । २.६ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम भने १८ [&hellip;]</p>

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ब्रेक–थ्रू भएको छ ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा रेस्क्यू टनेल ब्रेक–थ्रू भएको हो ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम आजबाट सकिएको छ ।

२.६ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम भने १८ प्रतिशत बाँकी रहेको बताइएको छ ।

मुख्य टनेल ब्रेक–थ्रू हुनका लागि अब ५ सय ६ मिटर खन्न बाँकी रहेको बताइएको छ ।   

Share News