सिटिजन लाइफको आइपिओ बाँडफाँट, कसले कति पाए सेयर ?

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले सोमबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा न्युनतम १० देखि ४० कित्तासम्म आवेदन गर्ने सात हजार ८८५ जना आवेदकले माग अनुसार नै सेयर पाएका छन् । त्यस्तै ५० [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले सोमबार आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा न्युनतम १० देखि ४० कित्तासम्म आवेदन गर्ने सात हजार ८८५ जना आवेदकले माग अनुसार नै सेयर पाएका छन् ।

त्यस्तै ५० देखि दुई हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जनालाई पनि पहिलो चरणमा ४० कित्ताका दरले सेयर वितरण गरिएको छ ।

त्यस पश्चात बाँकी रहेको शेयर ५० कित्ता भन्दा बढी आवेदन गरेकाहरु मध्येबाट १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर वितरण गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको आईपीओमा २७ हजार ६३२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये ४ जनाको आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बताएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

Share News