हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन ८०–२० बिक्री गर्ने

<p>काठमाडौं । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन ८०–२० निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गर्नेछ । १० वर्ष अवधि रहेको यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् [&hellip;]</p>

काठमाडौं । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन ८०–२० निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री गर्नेछ । १० वर्ष अवधि रहेको यो फण्ड एक बन्दमुखी योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्नेछ ।

क्यापिटलको फण्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्डको इकाईमा छिटोमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा भदौ १५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

Share News