स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

<p>काठमाडौं । स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा उपलब्ध हुने भएको छ । होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएम्डब्लुसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको हो । विश्वविख्यात कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय [&hellip;]</p>

काठमाडौं । स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा उपलब्ध हुने भएको छ । होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएम्डब्लुसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

विश्वविख्यात कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी
होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने
विश्वास कम्पनिले लिएको छ ।

यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुकोआकर्षक
डिजाइन हुनेछ ।

‘बिएम्डब्लुको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौँ । बिएम्डब्लुको डिजाइन एलेमेन्टहरु
स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा
हो । हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ । अब घरायसी उपकरणहरु
केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज–सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न
सक्छन् । वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो ।’, कम्पनी प्रवक्ताले भने ।

बिएम्डब्लुडिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका यी नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै
आकर्षक देखिन्छन् । बिएमडब्ल्युको कोरिया, चीन र जर्मनीका डिजाइनरहरुले यी डिजाइनहरु
वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन् ।

स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ । नयाँ बिएम सिरिज
मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने
विश्वास लिएको छ ।

Share News