
काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्राइभेट लिमिटेडले तीन सय ६५ जनालाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता उपलब्ध गराउने भएको छ ।
शेयरप्रो सेक्यूरिटीजमा खाता खोल्ने पहिलो तीन सय ६५ जनाले यस्तो सुविधा पाउने कम्पनीले बताएको छ ।
शेयरप्रो सेक्यूरिटीजले गत जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो भने असार २८ गते बाट कम्पनीले धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा सुरु गरेको छ ।