४१ अंकले बढेको सेयर बजारमा करीब दुई अर्बको कारोबार

<p>काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार भने बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम [&hellip;]</p>

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार भने बढेर बन्द भएको छ ।

बुधबार नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ ।

कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा बढेर बन्द भएको हो ।
बुधबार सेयर बजारमा २६५ स्टकको ७७ हजार ५०१ पटकको कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता शेयर कारोबार भएको छ ।

सेयर बजारको १३ उपसमूहमध्ये बुधबार म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ ।

त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ ।

आज आइएमई १५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशत बढेको छ ।

त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सेञ्चुरी बैंकको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

Share News