१६ वर्ष पुरानो लाभांश लिन एभरेष्ट बैंकको आग्रह

<p>काठमाडौं । एभरेष्ट बैंकले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो । बैंकका अनुसार आर्थिक वर्ष २०५५÷५६ देखि आर्थिक वर्ष २०७४÷७५ सम्म (१६ वर्ष) पुरानो सेयरधनीहरुले लाभांश रकम लिन बाँकी छ । बैंकले साधारण सेयर र अग्राधिकार सेयर लिन बाँकी रहेको [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो ।

बैंकका अनुसार आर्थिक वर्ष २०५५÷५६ देखि आर्थिक वर्ष २०७४÷७५ सम्म (१६ वर्ष) पुरानो सेयरधनीहरुले लाभांश रकम लिन बाँकी छ । बैंकले साधारण सेयर र अग्राधिकार सेयर लिन बाँकी रहेको सूची प्रकाशन गरी लैजान आग्रह गरेको हो ।

सो लाभांश रकममा हालसम्म पनि लिन नआएको र हकदावी समेत नपरेकोले बाँकी लाभांश लिन बैंकको सेयर शाखामा सम्पर्क गर्नु पर्नेछ ।

साथै, सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि)मा सम्पर्क गर्नुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश रकम सो बैंक खातामा रकमान्तरण गरिने कम्पनले जनाएको छ ।

५ वर्षसम्म दाबी हुन नआएमा लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले बताएको छ

 

Share News