नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, आइतबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार मात्रै घोराही सिमेन्ट इन्डष्ट्री, थ्री स्टार हाइड्रोपावर र अप्पर स्याङ्गी हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बिहीबार सूचीकृत भएको कम्पनीको सेयर आगामी आइतबार अर्थात साउन २८ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार मात्रै घोराही सिमेन्ट इन्डष्ट्री, थ्री स्टार हाइड्रोपावर र अप्पर स्याङ्गी हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो ।

यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बिहीबार सूचीकृत भएको कम्पनीको सेयर आगामी आइतबार अर्थात साउन २८ गतेदेखि कारोबारमा आउने छ ।

जसमध्ये घोराही सिमेन्ट इन्डष्ट्रीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम २२६.६१ रुपैयाँ र अधिकतम ६७९.८३ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने जीसीआईएल रहेको छ ।

त्यस्तै, नेप्से सिम्बोल टीएसएचएल रहेको थ्री स्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम ८५.६५ र अधिकतम २५६.९५ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै आइतबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।

त्यसैगरी, अपर स्याङ्गी हाइड्रोपावरको २२ लाख कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ८४.५४ र अधिकतम २५३.६२ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल यूएसएचएलको नामबाट आइतबारदेखि सेयर किनबेच गर्ने छ ।

यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । जुन सूचीकृत भएपछि दोश्रो बजारबाट किनबेच गर्न पाइने छ ।

Share News