काठमाडौं । सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत (करसहित) का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले प्रस्ताव गरेको लाभांश आगामी १३ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । सनराइज क्यापिटल लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो ।