
काठमाडौं । एसवाई प्यानल कम्पनीले उत्पादन गरेका सामग्री भारत निर्यात हुन थालेको छ ।
बिहीबारबाट कम्पनीले आफ्ना उत्पादन भारत निर्यात थालेको हो ।
कम्पनीले वाल र छानाका प्रडक्टहरू निर्यात गरेको एसवाई प्यानल कम्पनीका निर्देशक बिमलराज गोसाईंले बताए । नेपालबाट वाल र छानाका प्यानल विदेश निर्यात गर्ने यो पहिलो कम्पनी हो ।
कम्पनीले पहिलो चरणमा १५ लाख रुपैयाँको निर्माण सामाग्री निर्यात गरेको गोसाईंले बताए ।

प्रत्यक्ष विदेशी लगानी मार्फत सन् २०१७ देखि कम्पनीले चितवनमा प्यानल उत्पादन गर्दै आएको छ । ती प्यानलहरु कम खर्चमा सुन्दर घरहरु बनाउन प्रयोग हुन्छन् ।
कम्पनीले कोरियन प्रविधिको प्रयोग गरी नयाँ र आधुनिक घरहरूका लागि प्यानल बनाउने गरेको निर्देशक गोसाईंले बताए ।