काठमाडौं । तरकारी र फलफूलको भाउ दिनप्रतिदिन बढिरहेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्य सूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेँडा सानो ९५, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५८, लौका ७०, हरियो फर्सी ९०, घिरौला ४० कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ४०, सेतो मूला ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २००, कागती १३० रुपैयाँ, भिण्डी ५०, पिँडालु ५०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काँक्रो ९०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५० रुपैयाँ, नासपती ७०, आभोकाडो ५००, कालो अङ्गुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा९मुंगरी० २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको जनाएको छ ।
साथै, लप्सी ५०, हरियो धनियाँ ३५०, लसुन हरियो २५०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २४०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ८० मा कारोबार भइरहेको छ ।