रिडी पावरलाई ५० प्रतिशत हकप्रद बिक्री गर्न अन्तिम स्वीकृति, साढे ४ अर्बको नयाँ आयोजना बनाउँदै

<p>काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । आयोगले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको कम्पनी सचिव सन्तोष अधिकारीले जानकारी दिए । साथै, अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि हकप्रद निष्काशन प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । आयोगले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको कम्पनी सचिव सन्तोष अधिकारीले जानकारी दिए ।

साथै, अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि हकप्रद निष्काशन प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

कम्पनीको असार ८ गते सम्पन्न भएको विशेष साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ ।

हकपद्रमार्फत् संकलन भएको पूँजीलाई सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको २० मेगावाट क्षमताको तल्लो वलेफि जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेछ । निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ अर्ब ४० करोड रुपेयाँ लगानीमा बन्ने छ । जसमा कुमारी बैंकको अगुवाईमा ७५ प्रतिशत ऋण लगानी रहेको छ ।

Share News