जुनसुकै गाडीसँग एमजी साट्न सकिने, नेपालभर एक महिनाको अफर

<p>काठमाडौं । एमजी मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यस्तो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी साट्न सक्ने छन् । ‘एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ [&hellip;]</p>

काठमाडौं । एमजी मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ ।

आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यस्तो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी साट्न सक्ने छन् ।

‘एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रावण २६ देखि भाद्र २४ सम्म यो अफर अन्तर्गत गाडी एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ ।

बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा यस्तो अफर उपलब्ध रहेको कम्पनीले बताएको छ ।

Share News