
काठमाडौं । मंगलबार नेप्से सूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ । सामेबार सामान्य अंकले घटेको सेयर बजार मंगलबार पनि ओरालो लागेको हो ।
मंगलबार दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको ५६ लाख ३ हजार १७९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक छ भने म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले घटेको छ ।
इमर्जीङ नेपालको शेयरमूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सिक्लेस हाइड्रोपावरको ३.८५ प्रतिशत र सामुदायीक लघुवित्तको १.९९ प्रतिशतले घटेको छ ।