युनिलिभर नेपालको नाफा पौने २ अर्ब रुपैयाँ

<p>काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत वर्ष पौने २ अर्ब रुपैयाँ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असारसम्म खुद नाफा १८.६८ प्रतिशत बढाएर १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी [&hellip;]</p>

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत वर्ष पौने २ अर्ब रुपैयाँ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असारसम्म खुद नाफा १८.६८ प्रतिशत बढाएर १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

गत असारसम्म कम्पनीको बिक्री आम्दानी १५.६० प्रतिशत बढेर ८ अर्ब ४८ करोड रुपैयाँ बराबर कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको अन्य आम्दानी पनि ५८.९५ प्रतिशत बढेर १९ करोड ३६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष अन्य आम्दानी १२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १ हजार ६७५ रुपैयाँ रहेकोमा बढेर १ हजार ९८८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ३ हजार ९६७ रुपैयाँबाट बढेर ४ हजार ७३४ रुपैयाँ कायम छ ।

Share News