काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला तीन दिन सेयर बजार राताम्मे भएको थियो ।
बिहीबार भने नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ ।
अघिल्लो दिन एक अर्ब ६७ करोडको शेयर खरिद बिक्री भएको बजारमा बिहीबार २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा एक अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यसैगरी, कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको यस दिन साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।
सेयर बजारका १३ उपसमूहमध्ये बिहीबार एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ ।