काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । सेबोनले बिहीबार गरेको निर्णयअनुसार ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।
सेबोनका अनुसार सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज, बेनी सेक्यूरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।
एनका अनुसार सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् ।
नेपाल धितोपत्र बोर्डबाट नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये ४३ कम्पनीहरुलाई आशयपत्र प्राप्त गरेका छन् ।