काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फण्डहरुको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा फण्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गर्ने छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भने लाभांश वितरण नगर्ने भएको हो ।
क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई करसहित ६.५ प्रतिशतका दरले ७ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले ७ करोड ५० लाद रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।
क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई भने प्रतिफल वितरण नगर्ने घोषणा गरेको हो ।