नेप्सेमा पौने ४ खर्बको धितोपत्र सूचीकृत, २२ अर्ब ३८ करोडको आईपीओ जारी

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आर्थिक वर्ष २०७९/८० मा कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आथिंक वर्षको १२ महिने तथ्यांक अनुसार कम्पनीहरुको विभिन्न सेयर सूचीकृत भएका हुन् । जसमध्ये १ खर्ब ७९ अर्ब ८८ करोड बराबरको साधारण सेयर, १ खर्ब [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आर्थिक वर्ष २०७९/८० मा कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आथिंक वर्षको १२ महिने तथ्यांक अनुसार कम्पनीहरुको विभिन्न सेयर सूचीकृत भएका हुन् ।

जसमध्ये १ खर्ब ७९ अर्ब ८८ करोड बराबरको साधारण सेयर, १ खर्ब ५ अर्ब बराबरको विकास ऋणपत्र, ४० अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३५ अर्ब ५९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड रुपैयाँ बराबरका म्युचुअल फण्ड, ४ अर्ब १३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड ७९ लाख बराबरको गरी कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, १६ अर्ब १५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ११ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ६६ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचकाङ्क २०८० असार मसान्तमा २०९७.१ कायम भएको छ । २०८० असार मसान्तमा धितोपत्र बजार पँुजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असार मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड रुपैयाँ थियो ।

२०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.४ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० असार मसान्तमा सूचीकृत ७ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रहेको छ ।

Share News