सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्रोबीच सेयर निष्काशन सम्झौता

<p>काठमाडौं । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइतबार एक समारोहबीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने  सम्झौता गरेको हो । कम्पनीले आइतबार जारी गरेकाे विज्ञप्तिअनुसार, सम्झौता पत्रमा ठूलो खोला हाइड्रोपावरका तर्फबाट संचालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर [&hellip;]</p>

काठमाडौं । ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइतबार एक समारोहबीच आइपीओ निष्काशनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने  सम्झौता गरेको हो ।

कम्पनीले आइतबार जारी गरेकाे विज्ञप्तिअनुसार, सम्झौता पत्रमा ठूलो खोला हाइड्रोपावरका तर्फबाट संचालक श्वेता अधिकारी पन्त र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ ।

ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित छ । सो आयोजनाकाे २२.५ मेगावाट बिजुली उत्पादन क्षमता रहेको छ ।

Share News