फेरि ओरालो लाग्यो सेयर बजार, नेप्से २१.९९ अंक घट्यो

<p>काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ । आइतबारको सेयर बजारमा कारोबार रकम पनि घटेको छ । आइतबार  २६९ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ ।

आइतबारको सेयर बजारमा कारोबार रकम पनि घटेको छ । आइतबार  २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

आइतबार फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आइतबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ ।

होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

Share News