२१.९९ अंकले घटेको बजारमा आइएमइ लाइफको उच्च कारोबार

<p>काठमाडौं । आइतबारको सेयर बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर उच्च कारोबार भएको छ । केही दिनदेखि नेप्से ओरालो लाग्ने क्रम सुरु गरेको छ । सोमबारको बजार पनि २१.९९ अंकले घटेर बन्द भएको छ । घटेको बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर भने सबैभन्दा धेरै कारोबार भएको छ । सोमबार आइएमई लाइफ इन्स्योरेन्स सेयरको मात्रै ६ करोड [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर उच्च कारोबार भएको छ ।

केही दिनदेखि नेप्से ओरालो लाग्ने क्रम सुरु गरेको छ । सोमबारको बजार पनि २१.९९ अंकले घटेर बन्द भएको छ ।
घटेको बजारमा आइएमई लाइफ इन्स्योरेन्स सेयर भने सबैभन्दा धेरै कारोबार भएको छ ।

सोमबार आइएमई लाइफ इन्स्योरेन्स सेयरको मात्रै ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारको आधारमा दोस्रो स्थानमा हिमालयन डिस्टिलरी लिमिटेड रहेको छ । हिमालय डिस्टिलरीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । आइतबार २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

आइतबारको सेयर बजारमा फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ ।

Share News