कुथेली बुखरीको सेयर सोमबारबाट कारोबार हुने, कारोबार सिम्बोल केबीएसएच

<p>काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । हाईड्रोपावरको १२ लाख १८ हजार ६७५ कित्ता सेयर आइतबार सूचीकृत भएको नेप्सेले बताएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सेयर सूचीकृत गरिएको नेप्सेले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी [&hellip;]</p>

काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ ।
हाईड्रोपावरको १२ लाख १८ हजार ६७५ कित्ता सेयर आइतबार सूचीकृत भएको नेप्सेले बताएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सेयर सूचीकृत गरिएको नेप्सेले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारी समेतमा वितरण गरिएको २ लाख ४३ हजार ७३५ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता सेयर समेत गरी जम्मा १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले साउन ७ गते आइपीओ बाँडफाँड गरेको थियो । बाँडफाँड भएको करिब एक महिनापछि मात्रै कम्पनीको सेयर सूचीकृत भएको हो ।

सेयर सुचिकृतभएसँगै सोमबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच सुरु हुनेछ ।

नेप्सेले कुथेली बुखरीको सेयर कारोबार सुरु गर्नका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ ०१ पैसाको प्राइस रेञ्ज तोकेको छ ।

आइतबार सेयर सुचीकृत भएसँगै यही रेञ्जलाई आधार मानेर भोली सोमबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको सेयर कारोबार खुल्नेछ । स्पेशल प्रि ओपन सेसनका कारोबार भएपश्चात दोस्रो बजारमा नियमित कारोबार हुने छ । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले कम्पनीलाई केबीएसएच (प्द्यक्ज्) कारोबार सिम्बोल प्रदान गरेको छ ।

[pdf id=431375]

Share News