
काठमाडौं । सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार पनि करिब २२ अंक घटेर बन्द भएको नेप्सेले सोमबार भने १२.९३ अंकले घटेको छ ।
यससँगै नेप्से परिसूचक २००० विन्दुभन्दा तल ओर्लिएको छ । यसअघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल झरेको थियो ।
सोमबारको बजारमा नेप्से १९९८.२८ विन्दुमा ओर्लिएको छ । सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।
सोमबार सेयर बजारमा २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा एक अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।
सोमबार लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.९९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सोमबारको सेयर बजारमा १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ । त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।