स्वीच अनको नयाँ शोरूम गठ्ठाघरमा, अत्याधुनिक इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध

<p>काठमाडौं । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्वीचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेट सुरु गरेको छ । सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स)ले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका हुन । स्वीचअन रिटेलको उद्देश्य [&hellip;]</p>

काठमाडौं । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्वीचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेट सुरु गरेको छ ।

सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स)ले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका हुन ।

स्वीचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु रहेको कम्पनीले जनाएको छ ।

नक्साल, काठमाडौँमा रहेको स्वीचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरूको लागि लोकप्रियता पाएको छ । ग्राहकहरूलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकोले यो आउट्लेटले आफ्नो लोकप्रियता कायम राखेको कम्पनीको भनाई छ ।

‘स्वीचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ’, हिम इलेकट्रोनिक्सकी निर्देशिक सीमा गोल्छाले भनिन् ।
स्वीचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ, जाहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिज, बल्ब जस्ता विद्युतीय वस्तुहरू पाईनेछ ।

अत्याधुनिक इलेक्ट्रोनिक्स र स्टाइलिश घडीहरू सहित, नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभव दिने बताइएको छ ।

Share News