सेयर बजारमा छायो हरियाली, कुमारी बैंकपछि युनाइटेड अजोडको सर्वाधिक कारोबार

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचक १७.६९ अंकले बढ्दा सबै सूचकमा हरियाली छाएको हो । सोमबारको तुलनामा नेप्से परिसूचक ०.८८ प्रतिशतले बढेर २०१५.९८ बिन्दुमा पुगेको छ । यससँगै कारोबारमा आएका सबै उपसूचक उकालो लागेर हरियाली देखिएको छ । कारोबारमा आएका १३ समूहमध्ये सबैभन्दा बढी प्रतिशतले बढ्नेमा निर्जीवन बीमा सूमह [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचक १७.६९ अंकले बढ्दा सबै सूचकमा हरियाली छाएको हो ।

सोमबारको तुलनामा नेप्से परिसूचक ०.८८ प्रतिशतले बढेर २०१५.९८ बिन्दुमा पुगेको छ । यससँगै कारोबारमा आएका सबै उपसूचक उकालो लागेर हरियाली देखिएको छ । कारोबारमा आएका १३ समूहमध्ये सबैभन्दा बढी प्रतिशतले बढ्नेमा निर्जीवन बीमा सूमह रहेको छ । जुन एकैदिन १२२.४९ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार २७७ स्क्रिप्सको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

जसमध्ये सबैभन्दा बढी कुमारी बैंकको प्रमोटर अर्थात संस्थापक सेयर किनबेच भएको छ । नेप्सेका अनुसार बैंकको एकैदिन २८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार हुने कम्पनीको दोश्रो सूचीमा यूनाइटेड अजोड इन्स्योरेन्स छ । इन्स्योरेन्सको एकैदिन ५ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.९८ प्रतिशतले बढेको छ । सोमबारको तुलनामा उक्त हाइड्रोको सेयर मूल्य ५२.६० रुपैयाँले बढेर प्रतिकित्ता ५७९.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.४२ प्रतिशतले घटेर प्रतिकित्ता ६९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Share News