सिद्धार्थ क्यापिटलका दुई वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय

<p>काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले बुक क्लोज मिति तय गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको लाभांश वितरण प्रयोजनार्थ भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले बुक क्लोज मिति तय गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको लाभांश वितरण प्रयोजनार्थ भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

त्यसैले भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।

क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई करसहित ६.५ प्रतिशतका दरले ७ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले ७ करोड ५० लाद रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ ।

क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले दुईवटै फण्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भने लाभांश वितरण नगर्ने भएको हो ।

Share News