गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाको बैठक सम्पन्न

<p>काठमाडौं । गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापा, तारकेश्वर नगरपालीकाका उपप्रमुख सृजना बुर्लाकोटी, जेटियुसिसि र जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ, गृह श्रमिक सरोकार समाज नेपालका अध्यक्ष प्रभा पोखरेल सहभागीता रहेको होमनेट साउथ एशियासँग को समन्यव एवं श्रम तथा सामाजिक अध्ययन केन्द्र नेपालको संयोजनमा मंगलबार गृह श्रमिकको [&hellip;]</p>

काठमाडौं । गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापा, तारकेश्वर नगरपालीकाका उपप्रमुख सृजना बुर्लाकोटी, जेटियुसिसि र जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ, गृह श्रमिक सरोकार समाज नेपालका अध्यक्ष प्रभा पोखरेल सहभागीता रहेको होमनेट साउथ एशियासँग को समन्यव एवं श्रम तथा सामाजिक अध्ययन केन्द्र नेपालको संयोजनमा मंगलबार गृह श्रमिकको सन्दर्भमा बहुसरोकारवालाहरुको बैठक आरण्य बुटिक होटल, हात्तिसारमा बुधबार एक कार्यक्रम गरि सम्पन्न गरियो ।

घरमा बसेर सिलाई, बुनाई एवं हस्तकला सम्बन्धि काम गरि आफ्नो जिविकोपार्जन गरिरहेका श्रमिकहरु १९.२ प्रतिशतको हाराहारिमा रहेको एक सर्वेक्षणले देखाएको छ । अझ विशेष गरि महिलाहरु गृह श्रमिकको रुपमा कार्यरत यस क्षेत्रमा राज्यको ध्यान पुग्न सकेको देखिँदैन । स्वरोजगार रहि राज्यलाई सघाई रहेका यी वर्गको हकहितको लागि विशेष निति नहुनु, श्रम मन्त्रालयबाट छुट्टै विभाग नतोकिनु एवं गृह श्रमिकको सहि तथ्यांक उपलब्ध नभएकोले राज्य यस तर्फ गम्भिर भएर आवश्यक निति नियम बनाई गृह श्रमिकको मुद्धा सम्बोधन गरोस भन्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

युरोपियन कमिशन र होमनेट साउथ एशिय ट्रष्टको सहयोगमा श्रम तथा सामाजिक अध्ययन केन्द्र नेपाल (क्लास नेपाल) ले गृह श्रमिकको समस्याहरु र यसका समाधानका लागि स्थानिय एवं संघिय सरकारको ध्यानाकर्षण गर्न कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा क्लास नेपालका कोषाध्यक्ष गोमा पाण्डेले गृह श्रमिक भोग्नु परेको समस्याहरु जानकारी गराउनुका साथै विमोचन गरिएको गृह श्रमिक सम्बन्धि हाते पुस्तकको बारेमा प्रकाश परे । सोही कार्यक्रममा तारकेश्वर नगरपालीकाका उपमेयर सृजना बुर्लाकोटीले आफ्नो नगरपालीकामा बजेट ब्यवस्था गरेर गृह श्रमिकको तथ्यांक संकलन गर्ने कार्य शुरु गरिसकेको र उपमेयरहरुको बैठकमा यस कार्यकोलागि प्रस्ताव लिएर जाने प्रतिबद्धता ब्यक्त गरिन् ।

Share News