काठमाडौं । तरकारी र फलफूलको भाउ दिनप्रतिदिन बढिरहेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य सूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार बिहीबार नेपाली ठुलो गोलभेँडा नेपाली एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने भारतीय गोलभेँडा १५० रुपैयाँमा कारोबार भइरहेको छ । लोकल सानो गोलभेँडा भने ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।