प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य बढेको हो । नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसको मूल्य बुधबार भने १ लाख १० हजार ६ सय [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य बढेको हो ।

नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसको मूल्य बुधबार भने १ लाख १० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँ पुगेको हो ।

Share News