नाडा अटो शोमा नेपालको पहिलो ईभी पिकअप ट्रक लन्च हुने

<p>काठमाडौं । नेपालको पहिलो फोटोन इभि पिकअप ट्रक नाडा अटो २०८० मा लन्च गर्ने तयारी गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सले आगामी नाडा अटो शो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ सिटर ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक पिकअप ट्रक टीएम१ [&hellip;]</p>

काठमाडौं । नेपालको पहिलो फोटोन इभि पिकअप ट्रक नाडा अटो २०८० मा लन्च गर्ने तयारी गरेको छ ।

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सले आगामी नाडा अटो शो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ सिटर ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ ।

नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक पिकअप ट्रक टीएम१ पूर्ण रुपमा नेपाली भूगोल सुहाउदो रहेको कम्पनीको भनाइ छ । सो ईभी पिकअप ट्रक टीएम१ ले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ ।

नेपालको चुनौती पूर्ण भू–भागमा विगत २– ३ महिनामा व्यापक सफल परीक्षणहरु पार गरिसके पछि उक्त टीएम१ पिकअप ट्रकलाई नेपाली बजारमा ल्याउन लागिएको आधिकारिक जानकारी कम्पनीले गराएको छ ।

यसैगरी सो अवसरमा १४/१५ सिटर ईभी भ्यानको पनि औपचारिक रुपमा लन्च गर्ने तयारी रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार नाडा अटो शोको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ ।

आगामी भाद्र २६ देखि ३१ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो हुँदैछ ।

Share News