नेप्से परिसूचक घट्दा कारोबार बढ्यो, सोल्टी होटलको सेयर सर्वाधिक किनबेच

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ५१ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ५५ [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले घटी हो ।

परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ५१ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २७५ वटा स्क्रीप्स कारोबारमा आएको बिहीबारको बजारमा सोल्टी होटलको सर्वाधिक सेयर किनबेच भएको छ ।

होटलको एकैदिन ७ करोड ८७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कित्ताको आधारमा पनि सोल्टी होटलकै सर्वाधिक किनबेच भएको छ । जसको एकैदिन एक लाख ७० हजार २१८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसको सेयर मूल्य भने ७.९० रुपैयाँले घटेर अन्तिम कारोबार प्रतिकित्ता ४५५.१० रुपैयाँमा भएको छ ।

बिहीबार टप गेनरको शीर्ष स्थानमा कुथेली बुखारी स्मल हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मौलुङ हाइड्रोपावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता १६२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

दुई दिन लगातार हरियाली छाएको बजार बिहीबार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै उपसूचकहरु घट्दा बजार राताम्मे भएको हो ।

Share News