काठमाडौं । सिटिजन्स क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा गरेको छ । कोष ब्यबस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत प्रतिफलवितरण गर्ने प्रस्ताव गरेको हो ।
सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
साथै, लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।