
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको नेप्सेलेले आज पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो ।
आइतबारको कारोबारपछि नेप्से पुनः २००० विन्दुभन्दा तल अर्थात १९९३.३८ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ ।
आइतबारको सेयर बजारमा २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्से उच्च अंकले घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विहीबार पनि उक्त हाइड्रोपावरको सेयर सकरात्क सर्किट लेभलमा कारोबार भएको थियो ।
आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । एशिएन लाइफ इन्स्योरेन्सको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ ।
१३ उप–समूहमध्ये यस दिन म्युचुअल फण्ड उप–समूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।