
काठमाडौं । कुमारी क्यापिटलले दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको लाभांश घोषणा गरेको हो ।
कोष ब्यबस्थापक कुमारी क्यापिटलले दुइटै फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।
कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९÷८०को नाफाबाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९÷८०को नाफाबाट कर सहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै, लाभांश वितरण प्रयोजनार्थ दुवै फण्डले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।