विकास बैंक र फाइनान्सको सेयर कर्जा : ग्रीन र सेन्ट्रल आक्रामक, कुनको कति ?

<p>काठमाडौं । राष्ट्र बैंकले कडाई गरेको भएपनि बैंक तथा वित्तीय संस्थाहरुले भने गत वर्ष सेयर कर्जा बढाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विकास बैंक र फाइनान्स कम्पनीले १३.८२ प्रतिशत सेयर कर्जा बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब १६ करोड ८८ लाख [&hellip;]</p>

काठमाडौं । राष्ट्र बैंकले कडाई गरेको भएपनि बैंक तथा वित्तीय संस्थाहरुले भने गत वर्ष सेयर कर्जा बढाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा विकास बैंक र फाइनान्स कम्पनीले १३.८२ प्रतिशत सेयर कर्जा बढाएका हुन् ।

अघिल्लो वर्षको तुलनामा गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब १६ करोड ८८ लाख रुपैयाँ बढाएर १७ अर्ब ८५ करोड ६२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ मात्रै सेयर कर्जा दिएको तथ्याङ्कमा उल्लेख छ ।

समीक्षा अवधिमा विकास बैंकहरुको सेयर कर्जा २०.३२ प्रतिशत बढेर १४ अर्ब १६ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ११ अर्ब ७७ करोड रुपैयाँ सेयर मार्जिन कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरुले कर्जा बढाएको भएपनि वित्त कम्पनी अर्थात् फाइनान्स कम्पनीहरुको भने घटेको देखिन्छ । गत असारसम्म फाइनान्स कम्पनीहरुको सेयर कर्जा ५.७२ प्रतिशत घटेर ३ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीको सेयर कर्जा ३ अर्ब ९१ करोड रुपैयाँ थियो ।

ग्रीन डेभलपमेन्ट बैंक आक्रामक बन्दा ८ बैंकको बढ्यो

गत वर्ष अधिकांश विकास बैंकले सेयर कर्जा बढाएको भएपनि केही बैंकले भने घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै ग्रीन डेभलपमेन्ट बैंकले सेयर कर्जा बढाएको छ । बैंकले १५०.२२ प्रतिशत बढाएर २ करोड २६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो ।

यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १२६.७० प्रतिशत बढेर १ अर्ब २५ करोड, एक्सेल डेभलपमेन्ट बैंकको ९८.१६ प्रतिशत बढेर ४३ करोड २० लाख, गरिमा विकास बैंकको ४८.४० प्रतिशत बढेर १ अर्ब ५४ करोड र मुक्तिनाथ विकास बैंकको ३५.७४ व्रतिशत बढेर २ अर्ब ७८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

यस्तै लुम्बिनी विकास बैंकको १८.२७ प्रतिशत बढेर १ अर्ब ८२ करोड, कामना सेवा विकास बैंकको १७.९२ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ र महालक्ष्मी विकास बैंकको १३.८३ प्रतिशत बढेर २ अर्ब ६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

मितेरी डेभलपमेन्ट बैंकले अघिल्लो वर्ष कर्जा दिएको थिएन भने गत वर्ष ५ करोड ३० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ ।

तर, ज्योति विकास बैंकको ९.४७ प्रतिशत घटेर १ अर्ब ६६ करोड, नारायाणी डेभलपमेन्ट बैंकको १९.१४ प्रतिशत घटेर ६० लाख, सांग्रिला डेभलपमेन्ट बैंकको २२ प्रतिशत घटेर ९३ करोड ३३ लाख, सप्तकोशी डेभलपमेन्ट बैंको २५.८९ प्रतिशत घटेर १ करोड ३० करोड र सिन्धु विकास बैंकको ४५.५६ प्रतिशत घटेर १५ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

१३ वटा फाइनान्समध्ये ४ वटाले मात्रै बढाए

गत वर्ष १३ वटा फाइनान्स कम्पनीले सेयर कर्जा प्रदान गरेका छन् । जसमध्ये ४ वटा फाइनान्सले बढाउँदा अधिकांशले सेयर कर्जा घटाएका छन् । गत असारसम्म सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सले ३०.८१ प्रतिशत बढाएर ६५ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेको छ ।

यस्तै, आइसिएफसिको २२.२५ प्रतिशत बढेर ५४ करोड ३६ लाख, श्रीइन्भेष्टमेन्ट फाइनान्सको २०.३२ प्रतिशत बढेर ४३ करोड ८७ लाख र नेपाल फाइनान्सको ५.७१ प्रतिशत बढेर १९ करोड ५७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

बेस्ट फाइनान्सको ०.५० प्रतिशत घटेर २२ करोड ६९ लाख, रिलायन्स फाइनान्सको ४.२५ प्रतिशत घटेर ४२ करोड ३४ लाख, मञ्जुश्री फाइनान्सको ७.३१ प्रतिशत घटेर ५४ करोड १० लाख र पोखरा फाइनान्सको १२.१८ प्रतिशत घटेर १९ करोड २७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

यस्तै, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको १२.५६ प्रतिशत घटेर ३४ करोड १४ लाख, समृद्धि फाइनान्सको १८.५० प्रतिशत घटेर १० करोड ४८ लाख, गुडविल फाइनान्सको २३.९६ प्रतिशत घटेर ३२ करोड ३५ लाख, प्रोग्रेसिभ फाइनान्सको २५.१६ प्रतिशत घटेर १६ करोड ४५ लाख र गोर्खाज फाइनान्सको ३५.६९ प्रतिशत घटेर १६ करोड १ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

Share News