काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाादीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँ पुगेको छ । यसको मूल्य सोमबार १४ सय ६० रुपैयाँ थियो ।